चितवन विशेष

मतदाता शिक्षाका लागि ‘एक वडा एक स्वास्थ्य स्वयमसेविका’ खटाइने

Banner

चितवन, कात्तिक १५–

मतदाता शिक्षा कार्यक्रमका लागि हरेक वडामा एक जना स्वास्थ्य स्वयमसेविका खटाइने भएको छ । निर्वाचन कार्यालय चितवनका अनुसार आम निर्वाचनको लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।

मतदाता शिक्षा कार्यक्रममा जिल्लाका ९८ वटै वडामा स्वास्थ्य स्वयमसेविका खटिने छन् । उनीहरु मतदाताको घर–घरमा पुगेर नमुना मतपत्र देखाउँदै मतदातालाई सहि तरिकाले मतदान गर्न सिकाउँछन् ।

मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहमा आजदेखि मतदाता शिक्षा सामग्री पठाउन थालिएको निर्वाचन कार्यालय चितवनका प्रमुख निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए । उनका अनुसार भोलिसम्म सबै सामग्री सात वटै पालिकामा पुगिसक्छन् ।

मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा तीन तहको समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मतदाता शिक्षा जिल्ला स्तरीय समिति र स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिती गठन गरिएको छ ।

वडामा वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति वडा स्तर गठन गरिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>