चितवन विशेष

चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार

Banner

चितवन,कात्तिक १४-

चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार गरी फरार भएका हुन् ।

खुकुरी प्रहारबाट घाइते भएका रामबहादुर गुरुङको बघौडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि चितवन मेडिकल कलेज ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । घाइतेको निधारमा गहिरो चोट लागेको उनले बताए । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>