Breaking News

कोभिड–१९ को समयमा ओली कमिसनको खेलमा डुबेर मानवीय क्षति भएको कांग्रेसको आरोप

Banner

काठमाडौँ, कात्तिक १२-

नेपाली कांग्रेसले कोभिड–१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएको छ ।

शनिबार प्रकाशित चुनावी घोषणापत्रमा कांग्रेसले कोभिड–१९ बाट लाखौं संक्रमित र हजारौं नागरिकको मृत्यु भएको मानवीय संकटको घडीमा समेत ओली नेतृत्वको सरकार नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा डुबेको उल्लेख गरेको हो ।

‘जनताको स्वास्थ्य प्रति यो हदसम्म गैरजिम्मेवार र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन’, घोषणापत्रमा भनिएको छ । २०७६ चैतमा पहिलो पटक नेपालमा देखिएको कोरोना महामारीका कारण हालसम्म नेपालमा १० लाख भन्दा धेरै संक्रमित भएका छन् भने १२ हजार १९ जनाको मृत्यु भएको छ ।

ओली सरकारले महामारी नियन्त्रणका लागि उपयुक्त नीति र कार्ययोजना तय नगरेको र परीक्षण, उपचार, औषधी, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गर्न संवेदनशील नभएको कांग्रेसले आरोप लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>