चितवन विशेष

माडीमा युवक हत्या प्रकरण : गैंडाकोटका सुरेश कुमाल प्रहरीको नियन्त्रणमा

Banner

चितवन, कात्तिक १२–

आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले गैंडाकोट नगरपालिका–७ टोलटोले बस्ने तिर्थ बहादुर कुमालको छोरा ३४ वर्षीय सुरेश बहादुर कुमाललाई पक्राउ गरेको छ ।

माडी नगरपालिका–४ घोसरीमा मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि गएराती करिब १० बजेतिर अन्दाजी ३३ वर्षीय जीवन नेपालीको उनले हत्या गरेका थिए । हत्या गरेर भाग्ने क्रममा कुमाललाई प्रहरीले माडी–३ बाट नियन्त्रणमा लिएको हो ।

शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको छ । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वमा अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>