Breaking News
सहमति नजुटेपछि केही क्षेत्रमा गठबन्धन भित्रै प्रतिस्पर्धा हुने
०

काठमाडौँ, कात्तिक ११-
सहमति हुन नसकेपछि केही क्षेत्रमा सत्ता गठबन्धनका चार दलभित्रै प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।
बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको संयुक्तमा निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























