Breaking News

समानुपातिकका उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन, नबुझाए बन्दसूचीबाट नाम हट्ने

Banner

काठमाडौँ, कात्तिक ५

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारका लागि आज जरिवाना बुझाउने अन्तिम दिन रहेको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई निर्वाचन आयोगले आजसम्मको समय सीमा दिएको हो।

जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्वाचन आयोगले भएको छ।

त्यस्तै आयोगले केहि दिनअघि सूचना निकालेर जरिवाना बुझाउन आग्रह गरेको थियो र आज शनिबार परे पनि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन सकिने छ।

समानुपातिकतर्फ उम्मेदवार तर्फ ४०७ जनाका रहेका छन् र जरिवानामा परेका चार सय ३९ उम्मेदवार परेका छन् । जसमध्य ३२ जनाले जरिवाना बुझाइसकेका छन् भने चार सय ७ जना बाँकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>