चितवन विशेष
ब्रान्ड एम्बेसडर नायिका स्वस्तिमाद्धारा चितवनमा टिभिएस एनटर्क १२५ को उद्घाटन

चितवन, काक्तिक–४
चितवनको बजारमा नयाँ भर्जनको टिभिएस एनटर्क १२५ रेस एक्सपी स्कुटर आएको ।
टिभिएस मोटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चितवन लगायत देशको विभिन्न स्थानहरुमा टिभिएस एनटर्कका १२५ रेस एक्सपी आज अनावरण गरेको हो । मालाश्री मोटर्स प्रालि नारायणगढमा भएको कार्यक्रम बिच टिभिएसका ब्रान्ड एम्बेसडर नायिका स्वस्तिमा खड्काद्धारा सो स्कुटरको उद्घाटन भएको थियो ।
नयाँ स्कुटर किन्न चाहानेको लागि यो उत्कृष्ट रोजाइ हुने खड्काले बताउनुभयो । एकष्टा पावर, माइल स्कुटरमा रहेकाले यो लोकप्रिय बन्ने विश्वास उहाँको छ ।चितवनका लागि टिभिएस एनटर्क १२५ स्कुटरको आधिकारिक बिक्रेता मालाश्री शोरुम रहेको छ । यसको मुल्य तीन लाख १५ हजार, ९ सय छ । यसमा कुनै पनि छुट छैन् ।
कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गरेको छ । टिभिएसको यो नयाँ मोडलमा TVS SMARTONNET TIME कनेक्टिभिटि प्ल्याटफमको साथ साथै प्रयोगकर्ताको सहजताको लागि राइड मोडलहरु छान्ने सुविधा पनि समावेश गरेको छ । १२५ सिसि सेग्मेन्टमा १० पिएस भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो ।

युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताले नेभिगेशन, राइड मोड चेन्ज कन्सोलको ब्राइटनेस कन्ट्रोल जस्ता १५ प्रकारका कमाण्ड सजिलै प्रयोग गर्न सकिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा गर्दै पनि कुनै पनि ब्लुटुथ कनेकटेड डिभास मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अको मेजर अपडेट भनेको पर्फमेन्स पारामिटरलाई ग्राफिकल्नि देखाइएको छ । यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ । जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिउको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फमेन्स प्रदान गर्छ साथै यसमा भएको रेस टेनेल फुएल इन्जेक्सन इन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ ।
कार्यक्रममा मालाश्री मोटर्सका सञ्चालक सरोज अर्याल, भिमसेन श्रेष्ठ, चितवन अटोमोबाइस एशोसियसन अध्यक्ष राजन पिया, चितवन अटोमोबाईल रिकन्डिसन एशोसियसनका अध्यक्ष सुर्य अधिकारी, उपाध्यक्ष दिपक खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।

























