चितवन विशेष

नमुना मतदानमा सिडिओदेखि मुख्य निर्वाचन अधिकृतसम्मले गरे मतदान

Banner

चितवन, कात्तिक ४-

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन अब एक महिना बाँकी छ । सोहि निर्वाचनलाई लक्षित गरेर बिहीबार चितवनमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमुना मतदान गरिएको हो । नमुना मतपत्रमा नमुना निर्वाचन चिह्न राखेर नमुना मतदान गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले संयुक्त रुपमा मतदान गरेर नमुना मतदानको शुभारम्भ गरेका थिए । पहिलो हुने निर्वाचन प्रकृया अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातीकतर्फ मतदान गरिएको हो ।

मतदानपछि प्रतिकृया दिदै मुख्य निर्वाचन अधिकृत थापाले वास्तविक मतदानका लागि समय कति लाग्छ र कति जटिलता हुन्छ भन्ने मापन गर्नका लागि नमुना मतदान गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>