चितवन विशेष

हामी सेवक हौं,सधैं जनताको साथमा हुन्छौः जेएन थपलिया

Banner

चितवन,कात्तिक २-

नेकपा एमाले चितवन क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का उम्मेदवार जेएन थपलियाले चितवनमा सामूहिक खेती मार्फत कृषि क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रम मार्फत एमालेका केन्द्रीय सदस्य समेत रहेका थपलियाले सो कुरा बताएका हुन् ।
चितवनलाई अन्नको भण्डार चिनिने तर अहिले अन्न बाहिरबाट किनेर खानुपर्ने बाध्यता रहेको भन्दै कृषि प्रणालीलाई व्यवस्थित बनाउने काम आफूले गर्ने बताए । कृषिमा आधुनिकीकरण आवश्यक रहेको भन्दै उनले कृषिको विकासलाई आफूले प्राथमिकतामा राखेको स्पष्ट पारे ।
आफूहरुले चुनाव जिते वा नजिते पनि सधैँ जनताको काम गर्ने थपलियाको भनाइ छ ।

“हामीले जित्न त पक्कै जित्छौ तर नजिते पनि सधैँ तपाईहरुको सेवक हुन्छौँ ।” उनले भने “जितिसकेपछि तपाईहरुको घरदैलोमा आएर सामान्य भन्दा सामान्य विकासको कामहरुलाई पनि प्राथमिकताका साथ अगाडि बढाउँछौँ ।” आफूले अरु पार्टीहरुको कुरा गर्न नचाहेको पनि उनले बताए । एमालेका जनप्रतिनिधिहरु इमानदार सेवकको रुपमा दिनरात जनताको सेवामा खटेकोले एमाले जनताको पार्टी भएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>