इच्छकामना
राप्रपा चितवन २ ले इच्छाकामना मन्दिर पुगेर सुरु गर्यो चुनावी अभियान

चितवन,कात्तिक २-
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नम्वर २ ले इच्छाकामना मन्दिर पुगेर चुनावी अभियानको सुरुवात गरेको छ । प्रतिनिधि सभाका उम्मेदवार युवा नेता रविन अधिकारीसहित पुगेको राप्रपाको टोलीले मन्दिर दर्शन गरेपछि चुनावी अभियान सुरु गरेको हो ।
सो अवसरमा बोल्दै नेता अधिकारीले यसपटक परिवर्तनका लागि नागरिकले राप्रपाका उम्मेदवारलाई विजयी गराउने बताउनुभयो । अहिले धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनतामा जागरण आइसकेको भन्दै उहाँले हिन्दुराष्ट्र पुनस्थापनाका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले इच्छाकामना सौन्दर्यले भरिपूर्ण ठाँउ रहेको भन्दै सबै मिलेर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
राप्रपाले चितवन २ (क)मा रुक्माङगत पोखरेल र चितवन २ (ख)मा जगदिश अधिकारीलाई उम्मेदवार बनाएको छ । पार्टीले निर्वाचन केन्द्रित घरदैलो अभियानलाई अब तिब्रता दिने जिल्ला उपाध्यक्ष जीवलाल पुरीले बताउनुभयो । उहाँले पार्टीको पक्षमा राम्रो जनमत रहेको भन्दै जनताको पक्षमा काम गर्न सक्ने उम्मेदवार पार्टीले अघि सारेको उहाँले बताउनुभयो ।

























