चितवन विशेष

बिक्रम पाण्डेको प्रश्नः माडी जाने बाटोमा आकाशे पुल र सुरुङ मार्ग बनाउँछु भन्नेहरु कहाँ गए ?

Banner

चितवन,कात्तिक १-

पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि फेरी चुनावी मैदानमा आएको बताउनुभएको छ । माडी–२ चिरौलीमा चुनावी प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै विकासको पर्खाइमा माडीले अब कुर्न नहुने बताउनुभयो । “माडीलाई मणी बनाउँछौं, आकाशे पुल, सुरुङ मार्ग बनाउँछु भनेका थिए, ती बनेपछि आउँला भन्दै पर्खिएँ, तर कुर्दा कुर्दै थाकियो”, उहाँले भन्नुभयो, “राष्ट्रिय लेभलको नेताले जितेपनि ५ वर्ष खेर गयो, अब माडी पछि पर्नुहुदैन ।” उहाँले सपना बाँड्नेहरु चितवननै छाडेर भागेको बताउनुभयो । पाण्डे चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

उहाँले माडी नगरपालिकालाई देशकै विकसित नगरका रुपमा विकास गर्ने भिजन लिएर आएको बताउनुभयो । “योजना होइन, आयोजना ल्याउनेछु, माडीलाई सुन्दर र विकसित बनाउनेछौँ”, उहाँले भन्नुभयो, “अर्गानिक खेती विस्तार गर्नेछौँ, विदेशदेखि किसानहरु अवलोकन र्ग आउने क्षेत्रका रुपमा बनाउने कार्यक्रमहरु लागु गर्नेछु ।” उहाँले जनप्रतिनिधि पार्टी नभई जनताप्रति वफादर बन्नुपर्नेमा जोड दिनुभयो । “पहिलेका सांसदलाई जनताले देख्न पाएनन्, औला उठाउन पनि पाएनन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय लेभलको मान्छे माडीले पाएपनि विकास पाएन, अब त्यो गल्ती माडीबासीले दोहो¥याउने छैनन् ।”

राजनीतिको खेती गर्नेहरुले जनतालाई पटक पटक दुख दिदै आएकाले यसपालीको चुनावमा लखेट्नुपर्ने धारणा राख्नुभयो । उहाँले सदनमा राष्ट्रवादीहरु नपुगे देशकै विक्रि गर्ने जोखिम हुने भएकाले यसपाली राष्ट्रवादीलाई चुनावमा जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाँले २०७० मा आँफु संविधानसभा सदस्यहुदा पारेको बजेटकै आधारमा बनेका पुलहरुको उद्घाटन गरेर विकास ल्याएँ भनेर प्रचार गर्दै निर्वाचन क्षेत्रनै छाडेर भागेको व्यंग्य गर्नुभयो ।

उहाँले मोटरसाइकलमा नभई पैदलबाटै जनताको घरदैलोमा पुग्न आग्रह गर्नुभएको छ । “हरेक जनताका समस्याहरु टिपोट गर्नुस्, रेकर्ड राख्नुस्”, उहाँले भन्नुभयो, “चुनाव जितेपछि जनताका हरेक समस्याहरु समाधान गर्न लागिपर्नेछौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>