Breaking News
प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती

काठमाडौं, कात्तिक १-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’लाइभ डीबेट’का लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् आफू ’लाइभ डिबेट’ लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् आफूलाई ‘लाइभ डिबेट’ आउन आग्रह गरेको बताए । पश्चिमा देशमा निर्वाचनका बेला गरिने ’लाइभ डीबेट’का लागि ओलीले आफू तयार रहेको बताए। ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?,’ उनले फेसबुकमा लेखेका छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र एमाले–जसपाबीच गठबन्धन गरिएको छ ।























