चितवन विशेष

पूर्व अर्थमन्त्री पाण्डेद्वारा आगलागी भएको पल्पी जुस उद्योगको निरीक्षण

Banner

रत्ननगर, असोज २८–

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि विहानै घटना स्थलमा पुगेका थिए । नेता पाण्डेले उद्योगका सञ्चालक व्यवसायी भेषराज दुवाडीलाई भेटेर क्षतिको विवरण तथा आगलागी हुनुको कारणबारे बुझेका थिए । उनले सञ्चालक दुवाडीलाई विचलित नहुन र धैर्यता अपनाउन समेत आग्रह गरेको पाण्डेका निजी सचिव संजिव पाण्डेले जानकारी दिए ।

रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज प्रा।लिको पल्पी जुस उद्योगमा शुक्रवार विहान भिषण आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान साढे तीन बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा रहेको कच्चा पदार्थ नष्ट भएको र चार वटा मेसिनमा क्षति भएको सञ्चालक दुवाडीले जानकारी दिए ।

फोटो : सञ्जय चौधरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>