चितवन विशेष

चितवनमा सवारी लाइसेन्स वितरणको बाटो खुल्यो

Banner

चितवन, असोज २८–

यातायात व्यवस्था सेवा कार्यालय चितवनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्नका लागि बाटो खुलेको छ । लाइसेन्स वितरणको लागि प्रयोगात्मक परीक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात ब्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको छ ।

यससंगै चितवनबाट सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परिक्षास्थल छनोटको बाँकी प्रक्रिया अगाडि बढाउने बाटो खुलेको यातायात ब्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलले जानकारी दिए । न्यायाधिस ईश्वरकुमार खतिवडा र डा मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको माग बमोजिम हुने फैसला सुनाएको हो । प्रयोगात्मक परीक्षास्थल छनोटको विरुद्धमा चितवन ड्राइभिङ स्कुलले गएको असार १९ गते सर्वाेच्चमा मुद्धा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>