चितवन विशेष

फोर्ब्सको साइबर सेक्युरिटी प्रोगाममा विद्यार्थीको आकर्षण

Banner

चितवन, असोज २८–

इन्टरनेट सेवा विस्तार हुँदै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् । कतिपयले भने सामाजिक सञ्जालको गलत प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जाललाई सहि प्रयोग गर्न नजान्दा साइबर क्राइमका घटना बढ्दै गएका छन् । साइबर सेक्युरिटी सम्बन्धि पढाई भने कमै मात्र हुने गरेको छ ।

काठमाडौँ उपत्यका बाहिर फोर्ब्स कलेजले चितवनमा स्नातक तहमा साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कलेजले विद्यार्थीलाई मात्र पढाउँदैन । प्रहरीलाई समेत बेला बेलामा साइबर सेक्युरिटी सम्बन्धि तालिम दिँदै आएको छ । पछिल्लो समय साइबर क्राइमका घटना बढ्दै जाँदा प्रहरीलाई नै टाउको दुखाईको विषय बनेको छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजको मूख्य उद्धेश्य विशुद्ध प्राविधिक शिक्षा प्रदान गर्ने हो । यसले स्नातक तहमा ‘बिएचएम प्रोग्राम’ पनि सञ्चालन गर्दै आएको छ । उपत्यका बाहिर फोर्ब्सले मात्र साइवर सेक्युरिटीको कार्यक्रम सञ्चालन गर्दै आएका प्रिन्सिपल हरिशरण पाठकको दाबी छ ।

कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुकासाथै अतिरिक्त कोर्सपनि गराइरहेको उनले बताए । यहाँ ३०० भन्दाबढि विद्यार्थीले अध्ययन गरिरहेका छन् । इन्टर्नमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उनी बताउँछन् ।

‘यहि कोर्ष पढ्न विदेश जान नपर्ने अवस्था छ । नेपालको युनिभर्सिटिले नपढाएको शिक्षा हामिले प्रदान गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्नमा कलेजले महत्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ ।’ सुरुवाती चरणमा साइबर सेक्युरिटीको पढाई कस्तो होला भन्नेमा विद्यार्थीमा अन्यौलता थियो । पछिल्ला वर्ष भने विद्यार्थी आफैले कलेज खोजेर पढ्न आउन थालेको उनी बताउँछन् ।

‘प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । पहिलो व्याचमा भन्दा अन्तिम व्याचमा विद्यार्थी धेरै छन्’, उनले भने । ‘आइटी’का विद्यार्थीहरु बैंक, प्रहरी कार्यालय, डाटा सेन्टर, नेटवर्क आवश्यक पर्ने कम्पनीहरु, नेपाल सरकारका विभिन्न कार्यालयमा सेक्युरिटि अडिट गर्न र इथिकल ह्याकिङको क्षेत्रका जान सक्छन् ।

नेपालमा पछिल्लो समय ह्याकिङको घटना पनि बढिरहेको छ । त्यसलाई कसरी रोक्न सकिन्छ भनेर जान्न पनि यस क्षेत्रको महत्व बढिरहेको उनी बताउँछन् । ‘काठमाडौँको तुलनामा यहाँ सस्तोमा पनि पढाइ भइरहेको छ । एउटा प्रोग्राम सात लाख ७५ हजार तिरेर विद्यार्थीले पढ्न पाउँछन्’, उनले भने ।

कलेजले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर प्रहरीहरुलाई पनि साइवर सेक्युरिटीको तालिम दिने गरेको उनले बताए । सर्वसाधारणमा साइवर क्राइम सम्बन्धि जुनसुकै समस्या भएमा कलेजमा सम्पर्क गर्न सकिने उनको भनाइ छ । कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर पोल्याण्डस्थित युनिभर्सिटी अफ कम्प्युटर साइन्स एण्ड स्किल्सबाट सम्बन्धन पाएको छ ।

कलेजको ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा पनि विद्यार्थीको आकर्षण रहेको उनी बताउँछन् । विएचएमका विद्यार्थीलाई इन्र्टनको लागि होटलमा पठाउने, आन्तरिक प्रतिस्पर्धा गराउने र प्रस्तुती दिन लगाउने गरिएको उनले बताए । पढ्दै गर्दा पनि फिल्डमा गएर काम गरेको जस्तो अनुभव विद्यार्थीमा जागृत गराउन खोजिएको उनको भनाइ छ ।

‘विएचमा पढेका विद्यार्थीहरु विशेषत होटलमा बढी केन्द्रित हुन्छन्, सर्भिस सिस्टम हुने ठाउँ होटलदेखि एयरलायन्ससम्म, टुर एण्ड टुरिजमदेखि गेस्ट वेलकम गर्ने जुनसुकै क्षेत्रमा विद्यार्थी जान सक्छन्’, उनले भने । उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी पढ्न भनेर यहाँ आउने गरेका छन् । कलेजमा चितवन र नवलपुरका विद्यार्थी धेरै छन् । यहाँ ३० भन्दा बढी प्राध्यापकहरुले पढाउने गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>