खैरहनी

चितवनमा २ लाख बढी नगदसहित तास खेल्ने सात जना प्रकाउ

Banner

चितवन, असोज २७–

चितवनको खैरहनीमा तास खेली रहेको अवस्थामा सात जना प्रकाउ परेका छन् ।

खैरहनी नगरपालिका–३ स्थित उनान्टोलबाट दुई लाख चौबिस हजार पाँच सय २० रुपैयाँ नगद र एक बुक तास सहित उनीहरुलाई प्रकाउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलाय चितवनका अनुसार प्रकाउ पर्नेमा खैरहनी–३ का ४२ वर्षीय चिरञ्जिवी सडौला, ४० वर्षीय सुकबहादुर तामाङ र रोशन तामाङ रहेका छन् ।

त्यस्तै खैरहनी–३ कै २२ वर्षीय पारस तामाङ, ३८ वर्षीय बुद्ध तामाङ, २५ वर्षीय प्रज्वल बिसुराल र उमेर नखुलेका कृष्ण थापासहित सात जना प्रकाउ गरिएको प्रहरीलेजनाएको छ ।

सडौलाको घरमा तास खेली रहेको छ भन्ने खबर पाएपछि उनीहलाई प्रहरी निरीक्षकको टोलीले गएराती ११ बजे प्रकाउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>