तनहुँ

तनहुँ १ मा गोविन्दराज जोशीले गरे उम्मेदवारी दर्ता

Banner

तनहुँ असोज २३- 

तनहुँ क्षेत्र नं.१ मा प्रतिनिधि सभा निर्वाचनको लागि कांग्रेस पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा पनि उनले उम्मेदवारी दर्ता गराएका थिए । तर पछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उनको भ्रष्टाचार सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जुन मुद्दालाई नै कारण देखाएर आयोगले २०७४ मा उनको मनोनयन दर्ता खारेज गरेको थियो ।

तनहुँ १ मा कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीका तर्फबाट उम्मेदवार बन्ने छन् ।

यही क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि उम्मेदवार बन्ने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>