चितवन विशेष

ध्रुवे हात्तीले माडीमा एक घर भत्कायो

Banner

चितवन, असोज २२–

जंगली हात्ती ध्रुवेले माडी नगरपालिका–१ अमिलियास्थित एक घर भत्काएर घरभित्र रहेका खाद्यान्न लगायतका सामान नष्ट गरेको छ । अमिलिया कृषि फर्मले माडीको अमिलिया गाउँमा स्थापना ब्लकबाट निर्मित दुईकोठे घर भत्काई ध्रुबेले अन्न बाली, माछाको दाना, चामल लगायत सामाग्रीमा क्षति पुर्‍याएको हो ।

कृषि फर्म सञ्चालन गर्दै आएका कमल विश्वकर्माले आफूसहित अन्य तीन जनाले मचानमा चढेर ज्यान जोगाएको बताएका छन् । हात्तीले गतबर्ष पनि सो घर भत्काएको थियो । फर्मले १५ हेक्टरको पोखरीमा माछापालनसहित पाडा, कुखुरा, बाख्रा र टर्की पालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>