चितवन विशेष

नारायणगढबाट नगद २ लाख २२ हजारसहित ९ जुवाडे पक्राउ

Banner

चितवन, असोज २२–

भरतपुर महानगरपालिका–३ बेलचोकस्थित अनिल गुप्ताको घरबाट नगद २ लाख २२ हजार पाँच रुपैयाँसहित प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँको भोलिपल्ट असोज २० गते दिउँसो ४ बजेको समयमा उक्त स्थानमा खाल थापी पैसाको हारजित हुने गरी तासको प्रयोग गरी जुवा खेली रहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जुवा खेली रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक दिपक केसी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले गुप्ताको घरमा छापा हानेको थियो ।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोग गरेको तास १० बुक, बिछ्याईएको सेतो रंगको तन्ना १ थान र नगद २ लाख २२ हजार ५ रुपैयाँ बरामद समेत गरिएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । पक्राउ गरिएका निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्दामा कारबाहीका लागि थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>