चितवन विशेष

प्रचण्डको घर चितवनमा, दशैँको टिका काठमाडौँमै लगाउने

Banner

चितवन, असोज १७–

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन हो । केहि दिनअघि मात्रै भरतपुर–१४ शिवनगरस्थित नयाँ घरमा प्रचण्ड गृह प्रवेश गरेका थिए । गृह प्रवेशका गर्ने बेलामा पत्नी सिता दाहाललाई पनि प्रचण्डलेसंगै ल्याएका थिए ।

प्रचण्ड परिवारले यस पटकको दशैँ टिका पनि काठमाडौँमा नै लगाउने भएका छन् । प्रचण्ड काठमाडौँमा भाडाको घरमा बस्दै आएका छन् । ठेकेदार शारदा प्रसाद अधिकारी प्रचण्डका घरभेटी हुन् ।

प्रचण्ड पत्नी सिता दाहाल पनि काठमाडौँमै भएकाले प्रचण्ड परिवारले काठमाडौँमा नै दशैँको टिका लगाउने माओवादी केन्द्र चितवनका समन्वय समिति प्रमुख आरसी अधिकारीले जानकारी दिए । ‘प्रचण्ड कमरेडको दशैँ काठमाडौँमै हुन्छ । चितवन आउने सम्भावना छैन’, उनले भने ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पनि टिका लगाउन काठमाडौँ जाने भएकी छन् । प्रचण्ड परिवारको गृह जिल्ला चितवन भनिएपनि अधिकांश समय काठमाडौँमा नै बित्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>