चितवन विशेष
भरतपुर स्मार्ट सिटीको परियोजनाअन्तर्गत ५० करोडको बोलपत्र आह्वान
०

चितवन, असोज १५–
सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले भरतपुर महानगरपालिकाको स्मार्ट सिटी परियोजनाअन्तर्गत ५० करोडको बोलपत्र आह्वान गरेको छ । स्मार्ट सिटीको परियोजनालाई अगाडि बढाउन विभिन्न तीन योजनाको बोलपत्र आह्वान गरिएको हो ।
उक्त योजना अन्तर्गत देवघाटमा बसपार्क, नारायणी नदी किनारमा आरती स्थल र महानगरका विभिन्न सहरी सडक १७ किमी रहेको छ । बोलपत्रदाताले औषत ३६ करोड ५२ लाखको वार्षिक कारोबार गर्नुपर्ने आह्वानमा उल्लेख छ ।
तीन योजनाको लागि ५० करोड रुपैयाँको बोलपत्र आह्वान भएपछि भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुरबासीलाई बधाई दिएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























