खेलकुद
सितोरियो कराँते संघ चितवनको जिल्ला समिति विस्तार, टेक्निकल कमिटी गठन
०

चितवन,असोज ९–
नेपाल सितोरियो कराँते संघ चितवन शाखाको जिल्ला कार्य समिति विस्तार एवम् टेक्निकल कमिटी गठन भएको छ । संघका अध्यक्ष गगन लामाको अध्यक्षतामा शनिबार बसेको बैठकले जिल्ला कार्य समिति विस्तार एवम् १७ सदस्यीय टेक्निकल कमिटी गठन गरेको हो ।
जिल्ला समितिमा राजन कार्की, देवी प्रजापति, पूर्ण गुरुङ र सुजन क्षेत्री थपिएका छन् । त्यस्तै, जंग बहादुर थिङको संयोजकत्वमा टेक्निकल कमिटी गठन गरिएको छ । कमिटीको सदस्यहरुमा सुजन क्षेत्री, पूर्ण गुरुङ, जीवन महतो, प्रकाश विक, स्मृती चौधरी, सन्तोष ठाकुर, अर्जुन लामा र अजय महतो चयन भएका छन् ।
त्यसैगरी, एकराज सेढाई, रामलाल महतो, दिनेश परियार, राजेश डिके, पुरन थापा, पार्वती गुरुङ, निशा घले र रमेश परियार चयन भएको सितोरियो कराँते संघ चितवन शाखाका अध्यक्ष लामाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























