कृषि

विश्व खाद्य दिवसको अवसरमा चितवनमा शनिबार बृहत प्रभातफेरी हुँदै

Banner

चितवन,असोज ७–

४२औँ विश्व खाद्य दिवस चितवनमा प्रभातफेरी गरी मनाइने भएको छ । खाद्यका लागि कृषि अभियान सचिवालय र सम्बद्ध संस्थाहरुको आयोजनामा भोलि (शनिबार) नारायणगढको पुलचोक देखि चौविसकोठीसम्म प्रभातफेरी गरी दिवस मनाउन लागिएको हो । प्रभातफेरीमा भरतपुरको रामुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको खैरहनीस्थित कृषि क्याम्पस, लमजुङ्गमा अवस्थित कृषि क्याम्पस र भरतपुर ओरालोमा रहेको एनपिआई कलेज सहभागि रहने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा राष्ट्रिय कृषि महासंघकी महासचिव रिता वास्ताकोटीले विषाक्त खानपिनबाट बच्नको लागि उपयुक्त खेतीपातीमा जोड दिने गरी अभियान संचालन गरिएको बताइन् । उनले भनिन्, ‘भविष्यमा खानेकुराको संकट हुन नदिन र विषाक्त खानपिनबाट बच्न उपयुक्त खेतीपाती बारे बिचार गर्न आवश्यक छ । यहि काम खाद्यको लागि कृषि अभियानले गर्छ ।’ अभियानले प्रकृतिको दोहन, जलवायु परिवर्तन, खनिज उर्जाको उच्च खपत, कृत्रिम रसायन तथा विषादीको अत्याधिक र अव्यवस्थित प्रयोगले मानिस र प्रकृतिको स्वाथ्यमा व्यापक असर पारेको जनाएको छ ।

विगतदेखि नै साँस्कृतिक भु–राजनैतिक, भौगोलिक र पर्यावरणीय विशेषतालाई आत्मसात नगर्दा खाद्य प्रणाली थप जोखिममा परेको बास्तोलाले बताइन् । साथै रसिया र युक्रेनको युद्ध तथा अन्तर्राष्ट्रिय शक्क्ति राष्ट्रहरु बीचको टकरावले खाद्यान्नको मुल्य आकाशिदा आयातमा आधारित हाम्रो भान्सा प्रभावित हुँदै गएको प्रति दुःख व्यक्त गरिन् । यस्तो अवस्थामा आत्मनिर्भर खेती र खाद्य प्रणालीको विकासमा काम गर्नुपर्ने उनको भनाई छ ।

यस्तै सम्मेलनमा कृषि क्षेत्र आधुनिकीकरणको नाममा व्यापारीकरण भइरहेको विज्ञेप्तीमा उल्लेख छ । भूमिहीन किसान, महिला किसान, सीमान्तकृत आदिवासी र दलित किसानको समस्या बुझी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताइएको छ । खेति योग्य जमिनलाई खण्डिकरण हुनबाट जोगाउनु अभियानको उदेश्य समेत रहेको छ ।

खाद्यका लागि कृषि अभियानका सदस्य कृषि विज्ञ डा. कृष्ण प्रसाद पौडेलले कृषि राजनीतिक मुद्दा भएको बताए । देशभर ३० प्रतिशत जमिन बाँझो रहँदा, उत्पादन कम हुँदा प्रत्येक वर्ष ४ खर्बको खाद्यान्न आयात हुने गरेको उनको भनइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>