चितवन विशेष

आमरण अनसनरत भारद्वाजको स्वास्थ्य बिग्रदो, नेपाल बन्द गर्ने धार्मिक अगुवाको चेतावनी

Banner

चितवन, असोज ७–

विश्व हिन्दु महासंघको नेतृत्वमा चितवनमा बसेको तीन दर्जनबढी धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको भेलाले अनसनरत धार्मिक अभियन्ता प्रेमनिधि भारद्धाजले सुरु गरेको आमरण अनसनप्रति एक्येबद्धता जनाएको छ । महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलको अध्यक्षतामा बसेको भेलाले भारद्धाजका माग पुरा गराउन आवश्यक परे हजारौँ मानिस सडकमा उतारेर नेपाल बन्द गर्न समेत पछि नपर्ने निर्णय गरेको हो ।

बैठकले आन्दोलनका कार्यक्रमलाई थप शसक्त बनाउन बागेश्वरी आध्यात्मिक परिषदका संरक्षक शान्तप्रसाद पोखरेलको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति निर्माण गरेको छ । जसको सह–संयोजकमा प्रेम प्रसाद गैरे, अनिता खरेल, हिरालाल कंडेल, चेतराज कंडेल, राजु भट्टराई, सुर्यबहादुर कार्की, प्रेमकुमारी तामाङ र ममता शर्मा न्यौपाने रहेका छन् । त्यस्तै प्रवक्तामा धुर्वराज मिश्र, सचिवमा ईश्वरी प्रसाद खराल, सह–सचिवमा राम प्रसाद ओस्ती, कोषाध्यक्षमा जिवलाल पुरी रहेका छन् ।

त्यस्तै समाजसेवी टंकनाथ पौडेल प्रमुख सल्लाहकार, बागमती प्रदेशका निर्वतमान सांसद विजय सुवेदी, समाजसेवी उमाशंकर अग्रवाल, बुद्धिसागर भण्डारी, शालिकराम सापकोटा, रमेशबाबु ढकाल, रुद्र प्रसाद पौडेल, मोहन बिक्रम शाह, गौर गोबिन्द दास, मनोहरी कंडेल, बिष्णु प्रसाद न्यौपाने र भेषराज दुवाडी सल्लाहकार रहेका छन् । संघर्षको पहिलो चरणका कार्यक्रमअन्तर्गत असोज ९ गते चितवनमा विशाल प्रर्दशन गर्ने कार्यक्रम तय भएको प्रमुख सल्लाहकार टंकनाथ पौडेलले बताए । प्रर्दशनमा पाँच हजार बढिको सहभागिता गराईने उनले दाबी गरे ।

असोज १ गतेदेखी आमरण अनसन बसेका भारद्धाजको अवस्था गम्भिर बन्दै गएको छ । ७औँ दिनसम्म पनि स्थानीय सरकार तथा प्रशासनले उनका माग प्रति सम्बोधन नगरेको भन्दै धार्मिक अभियन्ता तथा राजनीतिक दलका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारद्धाजका माग सरकारले सम्बोधन गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ।

त्यस्तै एमालेका नेता तथा प्रदेश पूर्व सांसद विजय सुवेदीले भारद्धाजका मागहरु स्थानीय सरकारले सहजै पुरा गर्न सक्ने खालका भएकाले तत्कालै पुरा गर्नुपर्ने बताए । आजका दिनसम्म पनि माग सम्बोधन नहुनु गम्भिर भएको उनले बताए । भारद्धाजका माग सम्बोधन गरी अनसनबाट उठ्ने वातावरण बनाउन सुवेदीको आग्रह छ ।

खैरहनी नगर अस्पताल प्रमुख डा प्रशान्त कंडेल नेतृत्वको टोलिले अनसनरत भारद्वाजको स्वास्थ्यको नियमित निगरानी गरेको छ । भारद्धाजको सरिरमा गुल्कोजको मात्रा र सोडियमको मात्रा घटेको, युरिक एसिड बढ्नुका साथै रगतमा उच्च जन्डिस देखिएको डा कंडेलले बताए । अनसनरत भारद्धाजलाई रिँगटा लाग्ने र शारिरिक कमजोरी सुरु भएको डा कंडेल बताउँछन् ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने, नदीहरुमा व्यवस्थित घाट निर्माण गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् ।

त्यस्तै आरती स्थलको व्यवस्था गर्नुपर्ने, गुरुकुल तथा मठ मन्दिर आश्रममा बसेर पढ्नेहरुका लागी पनि छात्रबृति दिनुपर्ने, नियमित आरतीका लागी बजेट दिनु पर्ने लगाएतका स्थानीय माग रहेका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला भारद्धाज १७ दिनसम्म आमरण अनसन बसेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>