खेलकुद
नेपाल खेलकुद महासंघ चितवनको जिल्ला सम्मेलन सम्पन्न

चितवन, असोज ५–
नेपाल खेलकुद महासंघ चितवन जिल्ला कमिटीको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट बाबुलाल थिङको अध्यक्षतामा २३ सदस्यीय खेलकुद महासंघ चितवन जिल्ला कमिटी गठन गरिएको छ । त्यस्तै, तबवीर गुरुङको अध्यक्षतामा २७ सदस्यीय इच्छाकामना कमिटी पनि गठन गरिएको छ ।
महासंघ स्थायी कमिटी सदस्य तथा चितवन इन्चार्ज पुष्पराज जोशीको अध्यक्षता तथा महासंघका अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रिय सदस्य जगन्नाथ थपलिया, बागमती प्रदेश सचिवालय सदस्य कृष्णभक्त पोखरेल र एमाले चितवनका उपाध्यक्ष कमल पाठक सहभागी थिए ।
त्यस्तै, महासंघ स्थायी कमिटी सदस्य शान्ता माया परियार, केन्द्रिय सदस्यद्वय चन्द्र शाही, सुरज थपलिया, महासंघ बागमती प्रदेश उपाध्यक्ष रामकृष्ण ढकाल, महासंघ बागमती प्रदेश सचिव जनरल श्रेष्ठ, सह–सचिव नविना खनियाको पनि कार्यक्रममा उपस्थिती थियो ।




























