चितवन विशेष

घर बहाल उपभोक्ता मञ्चको साधारण सभा सम्पन्न

Banner

चितवन, असोज ४–

घर बहाल उपभोक्ता मञ्च चितवनको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षता र जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष केशव महर्जन, मञ्चका संस्थापक अध्यक्ष एवं महासङ्घका केन्द्रीय सल्लाहकार समिति संयोजक हेमराज पौडेल सहभागी थिए। त्यस्तै मञ्चको कास्की जिल्ला अध्यक्ष कमल न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष राजु लिगललगायत चितवनका विभिन्न व्यवसायीक संघसंस्थाका प्रतिनिधिको सहभागीता थियो ।

मञ्च अध्यक्ष ख्याम नारायण पराजुलीले विगत केही वर्षदेखि महामारीको रूपमा देखिएको कोरोना भाईरसले नेपालमा मात्र नभाई विश्व अर्थतन्त्रमा असर पुगेको बताए । वर्तमान विषम परिस्थितिको प्रत्यक्ष असर व्यवसायी र उपभोक्ता माथि पर्न गएको भन्दै उनले विस्तारै घरधनीमा पनि असर पर्ने बताए ।

केही घर धनीहरुका निवेदन समेत मञ्चको कार्यालयमा दर्ता भएको बताउँदै उनले धेरैजसो समस्याहरु समाधान भइसकेको बताए । मञ्चले स्थानीय सरकार मार्फत घर बहालका साझा समस्या न्यूनीकरणका लागि ज्ञापन पत्र बुझाइएको उनको भनाइ छ । स्थानीय सरकारबाट समाधान हुन नसकेका विषयलाई प्रदेश र केन्द्रिय सरकार समक्ष पठाउन उनले अनुरोध गरे ।

फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधव अधिकारीले घरबहालका समस्या आइपरेको खण्डमा मञ्चबाट सहजीकरण भएको बताए । मञ्चका सल्लाहकार इमान्दु बरालले घर बहाल सम्बन्धि अधिकांश समस्या घर बहाल उपभोक्ता मञ्च चितवनबाट समाधान भएको बताए । समस्या समाधानका लागि सहयोग गर्न उनले स्थानीय सरकारलाई आग्रह पनि गरे ।

मञ्चका संस्थापक अध्यक्ष एवं महासङ्घका केन्द्रिय सल्लाहकार हेमराज पौडेलले साइनाथ इलेक्ट्रोनिक पसल शहीदचोकका व्यवसायी सुनिल श्रेष्ठलाई घरधनी बद्रीलाल श्रेष्ठ र कैलास श्रेष्ठले गैरकानुनी रूपमा सलामी रकम माग गरेको बारे असन्तुष्टि जनाए । सलामी रकम दिन नसकेपछि घरधनीले घर खाली गराउन निर्देशन दिएकोप्रति उलने खेद प्रकट गरे ।

उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले ९० प्रतिशत व्यवसायीहरु बहालवाला रहेको बताए । भरतपुर–१ का अध्यक्ष केशव महर्जनले आगामी दिनमा घर बहाल उपभोक्ता मञ्च सङ्ग मिलेर सहकार्य गर्ने जनाए । प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारीले जिससले मञ्चलाई आवश्यक सहजिकरण गर्ने बताए ।

मञ्चको वार्षिक प्रगति प्रतिवेदन महासचिव जनकलाल कट्टेलले प्रस्तुत गरेका थिए । मञ्चको कार्यालयमा एक वर्षमा जम्मा ३९ निवेदन दर्ता भएकोमा १४ वटा घरधनी र बाकी व्यवसायीहरुबाट परेको मञ्चका वरिष्ठ उपाध्यक्ष एवं विवाद समाधान उपसमिति संयोजक लक्ष्मी कार्कीले जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>