खैरहनी

पूर्वीचितवनको खैरहनीमा दुई कार एकआपसमा ठोक्किदा ८ जना घाइते

Banner

चितवन, असोज ३–

पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको खैरहनी नगपालिका–१ तरकारीचोकमा दुई वटा कार एकआपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् ।

आज (सोमबार) साँझ ६ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २० च ३८२३ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा १४ च ५७१७ नम्बरको कार एकआपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा परि घाइते हुनेमा बा२०च ३८२३ नम्बरका कार चालक खैरहनी नगरपालिका–९ बैरहनी बस्ने बर्ष २७ का अजय पंजियार (सामान्य), सोही कारमा सवार मकवानपुर हेटौडा–७ बस्ने बर्ष २१ का रोशन दोङ (मध्यम), सोही कारमा सवार मकवानपुर थाहा नगरपालिका–७ बस्ने वर्ष १९ का शुकराज गोले (सामान्य)
सोही कारमा सवार मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने वर्ष १७ का रिदम निगी (सामान्य), सोही कारमा पछाडी सवार मनहरी गाउँपालिका–७ बस्ने वर्ष २२ का विशाल मोक्तान (मध्यम) रहेका छन् ।

त्यसैगरि बा१४च ५७१७ नम्बरको कार चालक मकवानपुर राईगाऊँ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बर्ष ३४ की तारा श्रेष्ठ (मध्यम), उनकै छोरा वर्ष १३ का एन्सिस घताने (सामान्य) र ११ वर्षीय छोरा एनिस घताने (सामान्य) रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>