चितवन विशेष

पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीलाई प्रवल जनसेवा श्री

Banner

चितवन, असोज ३–

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले प्रवल जनसेवा श्री पदक पाउने भएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीसहित ३२२ जनालाई प्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गरेकी हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुसहित नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>