खेलकुद

चितवनमा २२औँ अन्तर्राष्ट्रिय युवा दिवसमा व्याडमिन्टन प्रतियोगिता हुने

Banner

चितवन, असोज ३–

चितवनमा २२औँ अन्तर्राष्ट्रिय युवा दिवसकोे अवसरमा व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा परिषद् चितवनले युवा दिवसको अवसरमा असोज १० गते जिल्ला स्तरीय नक आउट व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता भरतपुर कभर्ड हलमा हुने राष्ट्रिय युवा परिषद् चितवनका अध्यक्ष अस्मिन घिमिरेले बताए । प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रुपैयाँ रहेको उनले बताए ।

प्रतियोगितामा पुरुष डबल ए र बी, महिला डबल खुलामा प्रतिस्पर्धा हुने उनले जानकारी दिए । २२औँ अन्तर्राष्ट्रिय युवा दिवसकोे नारा ‘अन्तरपुस्ताको एक्येबद्धता, सबै उमेर समूह मैंत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>