खेलकुद

एभिनरलाई हराउँदै आर्मी चितवन गोल्डकपको फाइनलमा प्रवेश

Banner

चितवन, असोज २–

त्रिभुवन आर्मी फुटबल क्लब नारायणगढको क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज (आइतबार) सम्पन्न दोस्रो सेमिफाइनलमा एभिनर एफसी क्यामरुनलाई २–० ले पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । आर्मीको जितमा कप्तान जर्ज प्रिन्स कार्की र सन्तोष केसीले गोल गरे ।

खेलको सुरुवाती केही मिनेटसम्म एभिनरले राम्रो मुभ बनाए पनि गोल गर्न सफल भएन । १८ औं मिनेटमा आर्मीले खेलमा अग्रता लियो । आर्मीका लागि कप्तान प्रिन्सले गोल गरे । एभिनरको डिफेन्समा देखिएको कमजोरीको फाईदा उठाउँदै उनले लोभलाग्दो गोल गरे ।

एक गोलको अग्रतापछि आर्मी लयमा फर्कियो । ७६ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पहिलो हाफमा विवेक बस्नेतको स्थानमा मैदान छिरेका सन्तोषले आर्मीका लागि दोस्रो गोल गरे ।

राइट विङबाट कप्तान जर्ज प्रिन्सको पासमा उनले ट्याप इन गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । आर्मीका डिफेन्डर बिमल पाण्डे म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ) एफसीको सामना गर्नेछ । एपिएफ यस अघि पहिलो सेमिफाइनलमा मनाङ एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्ड कप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>