खैरहनी

चितवनका थारु समुदायमा जितियाको रौनक, बडगाउँमा झमटा कार्यक्रम

Banner

चितवन, भदौ ३०–

चितवनका थारु समुदायमा यतिबेला जितियाको रौनक छाएको छ । यही असोज २ गते थारु महिलाहरुले धुमधामका साथ जितिया पर्व मनाउँदै छ । जितियाको पूर्वसन्ध्यामा यतिबेला थारु बस्तीहरुमा दिनहुँजसो जितिया विशेष कार्यक्रम हुन थालेको छ ।

बुधबार खैरहनी नगरपालिका–१०, बडगाउँस्थित सङवा महिला समूहले जितिया विशेष झमटा कार्यक्रम सम्पन्न गर्‍यो । कार्यक्रममा खैरहनी वडा नं.१० का भित्रका ११ वटा महिला समूहले सहभागिता जनाएका थिए । उनीहरुलाई प्रमाण पत्र प्रदान गरिएको वडा सदस्य एवं अगुवा महिला मिरा चौधरी जानकारी दिइन् । यस्तै सहभागि सबैलाई दर (डठखट) खुवाएको थियो ।

कार्यक्रम खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँको प्रमुख आतिथ्यता एवं सङवा महिला समूहकी अध्यक्ष बिना चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं.१० का वडा अध्यक्ष चन्द्रविक्रम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

यस्तै बुधबार नै सगरमाथा युवा क्लव सलौली, मङनी महिला समूहले पनि जितिया विशेष झमटा कार्यक्रम सम्पन्न गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>