चितवन विशेष

चितवनका बहुउद्देश्यीय सहकारीहरुको अन्तरक्रिया

Banner

चितवन, भदौ २९–

चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा वर्तमान आर्थिक अवस्था र तरलताका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । संघले विषय विज्ञहरु बोलाएर मंगलबार समसामयिक विषयमा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा पछिल्लो अवस्थामा सहकारीहरु कसरी अगाडी बढ्ने र सहकारीहरु कसरी समन्वय गरेर काम गर्ने भन्ने विषयमा छलफल भएको थियो । यस्तै सहकारी क्षेत्रमा भित्रिएका प्राविधिक विषयहरुमा पनि जानकारी गराइएको छ ।

चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दिनेश चुकेको अध्यक्षता भएको कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरी प्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संयोजन चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघका सदस्य सुरेश पौडेलले गरेका थिए ।

सो अवसरमा राष्ट्रिय सहकारी बैंक भरतपुर शाखा प्रवन्धक सन्तोष ढकालले तरलता व्यवस्थापन र पछिल्लो आर्थिक अवस्थाका बारेमा जानकारी गराए । यस्तै जिल्ला सहकारी संघका प्रवन्धक विनोद खतिवडाले जिल्ला सहकारी संघले गरेको काम र अब नयाँ काम कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराए ।

बहुउद्देश्यीय सहकारी संघका सचिव भिष्म खनालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जयलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा ३२ वटा सहकारी संघका अध्यक्ष र व्यवस्थापकको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>