खेलकुद

खेलकुद महासंघको राप्ती र खैरहनी नगर कमिटी गठन

Banner

चितवन, भदौ २९–

नेपाल खेलकुद महासंघको राप्ती र खैरहनी नगर कमिटी गठन गरिएको छ । राप्ती र खैरहनी नगर कमिटी सर्वसम्मतिले गठन गरिएको हो । खेलकुद महासंघको प्रथम अधिवेशनले २५ सदस्यिय राप्ती कमिटी र २९ सदस्यिय खैरहनी कमिटी गठन गरेको छ ।

राप्ती नगर कमिटीको अध्यक्षमा प्रमोद धरेल, उपाध्यक्षमा विजय चौधरी र आशिका गुरुङ, सचिवमा धुव्र खत्री, सह–सचिवमा बुद्ध लामा र सुजन लामा र कोषाध्यक्षमा अनिष लामिछाने चयन भएका छन् । सदस्यहरुमा मिलन रुम्बा, रेशम पुन, सुशान्त घलान, रोशन तामाङ, सुक बहादुर तामाङ, विशाल गम्बो, विनोद बर्ताैला र कपिल चौधरीलगायत चयन भए ।

खैरहनी नगर कमिटी अध्यक्षमा शिव प्रसाद उप्रेती, उपाध्यक्षमा रोशन आचार्य र गुरास राना मगर, सचिवमा राजकुमार दराई, सह–सचिवमा पशुपति खड्का र केशव दराई, कोषाध्यक्ष सागर अधिकारी चयन भए ।

अधिवेशनमा प्रमुख अतिथि रुपमा नेकपा एमालेका केन्द्रिय सदस्य जेएन थपलिया सहभागी थिए । साथमा खेलकुद महासंघको स्थायी कमिटी सदस्य पुष्प जोशी, एमाले जिल्ला कमिटी सदस्य केशव भट्टराई, अनेरास्ववियु स्थायी कमिटी सदस्य स्वरुप सुयाल, खेलकुद महासंघका केन्द्रिय सदस्य सुरज थपलिया, अनेरास्ववियू संगठन विभाग प्रमुख प्रकाश कालाखेतीलगायत सहभागी थिए । कार्यक्रम खैरहनीमा दिपेन्द्र खरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>