चितवन विशेष

नारायणगढ कमलनगरमा रहेको जुत्ता पसलमा आगलागी

Banner

चितवन,भदौ २९–
भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले राती १२ बजे आगो नियन्त्रणमा लिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>