इच्छकामना

ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

Banner

चितवन, भदौ–२६

ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए ।

घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङ रहेको पण्डितले जानकारी दिएका छन् । दुवैजनाको हातमा मध्यम चोट लागेकोले स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको छ ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>