चितवन विशेष

भरतपुर अस्पतालको मेसु परिवर्तन रोकियो

Banner

चितवन,भदौ २३-

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सरुवा हाललाई रोकिएको छ । डाक्टर कृष्ण पौडेलको सरुवा गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर विश्वबन्धु बगालेलाइ जिम्मेवारी दिएको थियो । बगालेको केही समय अगाडि मात्रै हेटौंडा किटजन्य राग अनुसन्धान केन्द्रमा सरुवा गरिएको थियो । भरतपुरको सरुवामा कमजोरी भएको भन्दै हाललाई यथास्थितिमा राख्न मन्त्रीले निर्देशन दिएको श्रोतले बताएको छ । हिजो (बुधबार) मात्रै भरतपुर अस्पतालको मेसु परिवर्तन भएका समाचारहरु सार्वजनिक भएका थिए ।

यसबारे सोध्दा मन्त्रालयका प्रवक्ता डा.संजय कुमार ठाकुरले सरुवाबारे सुनेको तर आधिकारिक जानकारी अफुसंग नरहेको प्रतिकृया दिए । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण पौडेलले आफूलाई सरुवाबारे कुनैपनि जानकारी नभएको नारायणी अनलाइनलाई बताए । उनले भने-मलाई सरुवा र नयाँ जिम्मेवारीको चिठी प्राप्त भएको छैन् । मन्त्रालयमा पनि कुनै जानकारी छैन भन्ने जवाफ प्राप्त भएको छ ।

भरतपुर अस्पतालमा सरुवा भएको भनिएका डा.विश्वबन्धु बगालेले भने भरतपुर अस्पतालमा सरुवाको निर्णय भएको तर आफुलाई पत्र नआइसकेको बताए । उनि ११ औ तहका चिकित्सक हुन । भरतपुर अस्पतालमा २ बर्षमा ६ मेसु परिवर्तन भएका छन् । पछिल्लो समय डा.पौडेल एक बर्षदेखि अस्पतालमा मेसुमा कार्यरत छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>