चितवन विशेष

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,एक गम्भिर घाइते

Banner

चितवन,भदौ २२-

चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक स्थानिय ४२ वर्षिय प्रेम तामाङ र पछाडी सवार स्थानिय ४६ वर्षिय राजकुमार तामाङ गम्भिर घाइते भएका थिए ।

घाइते दुबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेकोमा चालक प्रेमको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको हो ।गएराति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>