चितवन विशेष
एड्वान को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन,अध्यक्षमा बिन्दु परियार थापा

चितवन, भदौ २१-
नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन सोमवार चितवन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले बिन्दु परियार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन्। २३औँ साधारण सभाले सापकोटको अधयक्षतामा तिर्थ विक, उपाध्यक्षमा पम्फा थापा परियार, महासचिव पम्फा नेपाली, सचिव तथा कोषाध्यक्षमा सपना सुनारलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा राममाया विक र सपना परियार रहेका छन् ।
संघका अध्यक्ष पम्फा परियारको अध्यक्षतामा एवं नीति अनुगमन समितिको सभापति तथा एकिकृत समाजवादी पोलिटब्युरो सदस्य तथा एड्वान सल्लाहकार निरु जैरुको प्रमुख आतिथ्यता र सस्थापक अध्यक्ष तथा सरक्षक डा.विष्णु माया परियारको विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो ।
२३औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख आतिथि निरु जैरुज्यूले नेपाल दलित महिलाको लागि एड्वान सस्था गर्व को कुरा रहेको बताउनु भएको थियो । दलित महिला र पुरुष बिच पनि पनि बाराबार भएको हुदा यो कुराको पनि अन्त्य गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
त्यस्तै विशिष्ठय अतिथि डा. विष्णु माया परियारले अहिलेको महिला समुहलाई देख्दा बुवा र आफ्नो सपना पुरा भएको महसुस भएको बताउनु भयो। साथै आफुले सस्था स्थापना गर्दाको दुख र समस्याको बारेमा पनि बताउनुभएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य राजेन्द्र हमाल एड्वान सल्लाहाकार राम नेपाली , महिला समूह बाट सिता सुनार , स्पोन्सरशिप बिधार्थी सुनिता परियार लगाएत आफ्नो मन्तव्य राखेका थिए ।संघका सचिव तिर्थ विकले स्वागत मन्तव्य राख्नुभएको थियो
।
नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका दलित तथा गैर दलित महिलाहरुलाई सामुहिक रुपमा एकिकृत गराउदै आएको छ। साथै मौसमी तथा बेमौसमी तरकारी खेति , उधमशिलता क्षमता विकास,लौगिक समानताका कार्यक्रम , नया महिला समूह गठन , सिलाई कटाई तालिमहरु प्रदान गर्दै आएको छ।

























