इच्छकामना

इच्छाकामना गाँउपालिकाका ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई भेटेरिनरी औजार तथा औषधि वितरण

Banner

चितवन,भदौ २०-

चितवनको इच्छाकामना गाँउपालिकाका ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई भेटेरिनरी औजार तथा औषधि वितरण गरिएको छ । आज (सोमबार) गाँउपालिकामा आयोजित कार्यक्रम मार्फत पालिका अध्यक्ष दान बहादुर गुरुङले ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँले गाँउपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको भन्दै औजार र औषधि प्राप्त गरेपछि गाँउमै किसानले सेवा पाउने बताउनुभयो ।

इच्छाकामना गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दियालो परिवार नारायणगढद्धारा संचालित कृषि तथा पशु उधमशिलता विकास परियोजना मार्फत सो सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा वडा नम्वर ७ का नविन थापा मगर र वडा नम्वर ७ का भुपेन्द्र चेपाङलाई कटन, व्यान्डेज, माइक्रोस्कोप , खसी पार्ने मेसिन, औषधि लगायत ३५ वटा सामाग्री प्रदा नगरिएको कार्यक्रम संयोजक बद्री शर्माले जानकारी दिनुभयो । उहाँले परियोजनामा इच्छाकामना गाँउपालिकाका ५१ समूह ११ सय ९७ घरधुरी आबद्ध रहेको जानकारी दिनुभयो ।

परियोजना मार्फत विभिन्न समूह गठन गरेर तालिम लगायतका सहयोग गरिएको छ । कार्यक्रमा दियालो परिवारका कार्यकारी निर्देशक राज गोविन्द शिल्पाकार लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>