चितवन विशेष

राप्तीका बाबुराम पाँच दिनदेखि बेपत्ता

Banner

चितवन, भदौ १४–

पूर्वी चितवनको राप्ती नगरपालिका–३ गड्यौलीका बाबुराम पाठक पाँच दिनदेखि बेपत्ता भएका छन् । भदौ १० गते बिहान ५ बजे घरबाट निस्किएका पाठक अझै पनि सम्पर्कमा नआएको उनको परिवारले बताएको छ ।

बाबुराम नियमित रुपमा मर्निङ वाकमा निस्किन्थे । त्यस दिन पनि मर्निङ वाकमै निस्किएको होला भनेर चासो नदिएको तर त्यसपछि अहिलेसम्म सम्पर्कमा नआएको उनका छोरा सुरेन्द्र पाठकले बताए ।

बुबा सम्पर्कविहिन भएपछि भदौ १२ गते प्रहरीमा खोजि गरिदिन भनि निवेदन दिएको उनले बताए । करिब ५ फुट ८ इन्च अग्ला बुबा बाबुरामलाई देख्नेले परिवारलाई खबर गरिदिन छोरा सुरेन्द्रले आग्रह गरेका छन् ।

परिवारलाई सम्पर्क गर्ने नम्बर ९८५५०६८४४८, ९८५११४१०१२ र ९८४५०३२०३२ रहेको छ । अथवा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर प्रहरीलाई खबर गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>