खैरहनी

खैरहनीमा खाद्य प्रविधिको अनुगमन : पसलमा मूल्यसूची छैन, मिठाईमा मापदण्ड विपरितको रङ

Banner

चितवन, भदौ १४–

खैरहनी नगरपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले खैरहनीमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची नभेटिएको र केहि पसलका मिठाइमा मापदण्ड विपरित रङ मिसाइएको पाइएको छ ।

स्वास्थ्यमा असर पर्नेगरी अत्यधिक मात्रामा रङ मिसाइएको मिठाई नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिए । कतिपय व्यवसायीले नगरपालिकामा व्यवसाय दर्ता नै नगरेको पाइएको छ ।

खैरहनी नगरपालिका–६ स्थित न्यू शुभम् स्वीट एण्ड भेज कर्नरमा बनाइएको मिठाईमा अत्याधिक मात्रामा रंगको प्रयोग गरिएकोले करिब १० केजी मिठाई नष्ट गरिएको अधिकारीले बताए । होटल सञ्चालकलाई खाद्य सम्बन्धि प्रशिक्षणको लागि कार्यालयमा बोलाइएको उनले बताए । होटलको संचालकलाई एकहप्ताभित्र होटलको सरसफाईमा सुधार गर्न निर्देशन समेत दिइएको छ ।

मूल्यसुची नभएको पसलमा तत्काल मुल्यसूची राख्न र नगरपालिकामा दर्ता नभएका व्यवसायीलाई एक हप्ताभित्र नगरपालिकामा दर्ता गर्न निर्देशन दिएको नगर उपप्रमुख कविता उप्रेतीले बताइन् । अनुगमन टोलीले होटल तथा मासु पसलहरुलाई सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

चाडपर्वको समयमा खाद्य बस्तुहरुमा लापरबाही हुने, दैनिक उपभोग्य बस्तुहरुमा मनपरी मूल्य लिने गरेकोले नगरपालिकाले संयुक्त अनुगमन गरेको खैरहनी नगरपालिकाका प्रमुुख शशि कुमार खनियाँले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>