चितवन विशेष

देवघाटका वृद्ध बा–आमालाई दर खुवाएर प्रेस चौतारी चितवनले मनायो तीज

Banner

चितवन,भदौ १३–
प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटमा रहेका वृद्ध बा–आमालाई दर खुवाएर तीज मनाएको छ। दर खाने अघिल्लो दिन आइतबार देवघाट तनहुँको सरकारी वृद्वाश्रम रहेका ३२ जना बा–आमालाई दर खुवाइएको हो।

दर खुवाउने कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले घर परिवारबाट अनेक कारणले अलग भएर आश्रममा आएका वृद्ध बाआमालाई नरमाइलो नलगोस भनेर दर खुवाइएको बताए । वर्षेनी तीजका दिन प्रेस चौतारी चितवनले वृद्धाश्रममा गएर दर खुवाउने गर्दछ ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर प्रेस चौतारी चितवनले सामाजिक उत्तरदायित्व निभाएको भन्दै प्रसंशा गरे ।

दर खुवाउने कार्यक्रमको संयोजन प्रेस चौतारी जिल्ला शाखा चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले गरेकी थिइन् । कार्यक्रमा पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी, प्रेस चौतारी चितवनकी जिल्ला इन्चार्ज प्रतिमा सिलवाल लगायतको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>