चितवन विशेष

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सुचारु

Banner

चितवन, भदौ १३–
नारायणगढ–मुग्लिन सडक खण्ड बिहान साढे ३ बजेदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । सडकको भरतपुर महानगरपालिका–२९ सत्र किलो र र केराबारीमा खसेको पहिरो पन्छाएर सडक दुई तर्फी रुपमा सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आइतबार राति करिब ९ बजे केराबारीमा लेदोसहितको पहिरो खसेको थियो । पछिल्लो पटक केराबारीमा पहिराले धेरै दुःख दिन थालेको छ । प्रहरीले सडक डिभिजनसँग समन्वय गरी सडक खुलाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>