चितवन विशेष

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सुचारु

Banner

चितवन, भदौ १२–
पहिरो खसेपछि एकतर्फी अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएर सकेसँगै दुईतर्फी नै सुचारु भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको थियो।

बिहान ८ः२० बजे पहिरो पन्छाएर बाटो दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>