चितवन विशेष
बजार क्षेत्रका ठेला तथा घुम्ती व्यवसाय सात दिनभित्र हटाउन निर्देशन
०

चितवन, भदौ ११–
खैरहनी नगरपालिकाको मुख्य बजार क्षेत्रबाट ठेला तथा घुम्ती व्यवसाय हटाउन निर्देशन दिएको छ । यातायात र फुटपाथ प्रभावित हुनेगरी दर्ताविना राखिएका ठेला तथा घुम्ती व्यवसाय हटाउन नगरपालिकाले निर्देशन दिएको हो ।
खैरहनी–६, ७ र ८ को बजार क्षेत्रमा दर्ताविना ठेला तथा घुम्ती सवारीसाधन मार्फत व्यवसाय गरेको गुनासो बढेपछि नगरपालिकाले त्यस्ता व्यवसायलाई नियन्त्रण गर्न शुक्रबार एक सूचना जारी गरेको छ ।
नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बसेको बैठकले त्यस्ता व्यवसायहरु ७ दिनभित्र हटाउने निर्णय गरेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।
बैठकको निर्णयअनुसार ठेला तथा धुम्ती सवारीसाधनमा गरिने व्यवसायहरु ७ दिनभित्र हटाउन सूचना जारी गरिएको शर्माले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























