चितवन विशेष
प्रचण्डका लागि आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार छः मन्त्री यादव
०

चितवन,भदौं ८-
वनमन्त्री प्रदीप यादवले सहमति भए आफूले जितेको निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्न तयार रहेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री भएका हुन् ।
बुधबार हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लड्न अनुरोधसमेत गरे ।
उनले भने, ‘म पर्साबाट प्रतिनिधिसभा सदस्य बनेको हुँ, हामीले प्रचण्डजस्तो नेता पाउन सकेका छैनौँ । म उम्मेदवारबाट पछि हटेर उहाँलाई मेरै क्षेत्रको उम्मेदवार बनाउने इच्छा छ ।’ उनले प्रचण्डविना गणतन्त्र र यो व्यवस्था सम्भव नभएको उल्लेख गरे । उनले आफ्नो र प्रचण्डको विचार एउटै भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























