चितवन विशेष

प्रचण्ड आज गृह जिल्ला चितवन आउँदै

Banner

चितवन, भदौ ८–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउँदै छन् । माडीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड आज गृह जिल्ला चितवन आउन लागेका हुन् । प्रचण्डसँगै वन मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई पनि चितवन आउँदै छन् ।

प्रचण्ड पहिलो फ्लाइटमा नै भरतपुर विमानस्थलमा आइपुग्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । बिहान ८ बजे नै माडी पुगेर उनी सडक शिलान्यास, पुल उद्घाटन, खोला तटबन्धको शिलान्यासमा सहभागी हुने छन् । दिउँसो २ बजे उनी माडीमा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रचण्डले यसअघि नै चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने बताइसकेका छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रचण्डले क्षेत्र नं ३ बाट नै निर्वाचित भएका थिए । तर, त्यतिबेला बाम गठबन्धन थियो । एमालेको बलमा प्रचण्डले निर्वाचन जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>