चितवन विशेष
नारायणगढको चन्द्रदर्शन सहकारीको वार्षिक कार्ययोजना गोष्टी,अवस्था हेरेर लगानी गर्न सुझाब

चितवन,भदौं ६-
चितवनको नारायणगढमा रहेको चन्द्रदर्शन बचत तथा ॠण सहकारी संस्थाले संस्थागत जानकारी समिक्षा तथा वार्षिक कार्ययोजना तर्जुमा गोष्टी गरेको छ । आज (सोमबार) भरतपुरको सिराईचुली होलटमा सेयर सदस्य र सरोकारवालाको उपस्थितिमा कार्यक्रमको आयोजना गरी संस्थाको वार्षिक कार्ययोजना तर्जुमा गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रबर्धन शाखाका प्रमुख रामबाबु पोडेलले सहकारी विश्वासका आधारमा संचालन हुने भएकाले विश्वास टुट्ने अवस्था आउन नदिनेतर्फ सचेत बन्न सुझाब दिनुभयो । उहाँले सबै सेयर सदस्यहरुको विश्वास कायम राखेर सहकारीले काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘सहकारी समुदायको घर हो,उहाँले भन्नुभयो’,सदस्यहरुको सहभागिता विना यो सम्भव छैन ।’ भरतपुर महानगरपालिकाले सहकारी क्षेत्रमा भएका समस्या सामाधानका लागि निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।

सहकारी विज्ञ केशव बहादुर थापाले चन्द्रदर्शन बचत तथा ॠण सहकारी संस्थाले छोटो समयमा नै उल्लेखनिय उपलब्धि हाँसिल गरेको बताउनुभयो । सहकारीको मर्म र भावना अनुरुप काम गरे छोटो समयमा पनि स्थापित बन्न सकिन्छ भन्ने उदाहरण चन्द्रदर्शनले प्रस्तुत गरेको बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले सबै सेयर सदस्य,कर्मचारी र व्यवसायीको साथ र सहयोगका कारण सहकारीले सफलताको सिढी चढ्ने क्रममा रहेको बताउनुभयो । ‘हामीले १६ महिनाको अवधिमा यो उपलब्धि हाँसिल गरेका छौं’,यसलाई आगामी दिनमा अझै व्यापक बनाउँछौं,उहाँले भन्नुभयो । गोष्टीमा आएका सल्लाहा र सुझाबका आधारमा आगामी कार्ययोजना निर्माण गरिने पौडेलले जानकारी दिनुभयो ।

सहकारीका व्यवस्थापक आशिश पौडेलले सहकारीको यथार्थ वित्तिय विवरण र जानकारी सबै सेयर सदस्य र बचतकर्तालाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा सहभागी सहकारी सेयर सदस्य र सरोकारवालाले अवस्था हेरेर लगानी गर्न सुझाब दिएका थिए ।
२०७४ असार २९ गते दर्ता भएको सहकारी १६ महिनादेखि व्यवस्थित रुपमा संचालनमा छ । २२ जना मिलेर सुरु गरेको सहकारीमा अहिले ३५ सय ३८ जना सदस्य रहेका छन् । जसमा १ हजार ६ सय ४१ जना महिला र २ हजार २ सय ३१ ज्ना पुरुष छन् । सहकारीको निक्षप रकम २८ करोड ४३ लाख १५ हजार १ सय १६ छ भने क्रृण लगानी १८ करोड ५० लाख ५ हजार ३ सय १५ रुपैंया रहेको छ । सहकारीको संस्थागत सम्पती २९ करोड ६१ लख रहेको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रमका संयोजक जनक पौडेलले साथ सहयोग र सुझाब प्रदान गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।






























