चितवन विशेष

वार्षिक कार्यसम्पादन मूल्यांकनमा चितवन प्रहरी सर्वाेत्कृष्ट

Banner

चितवन, भदौ ६–

वार्षिक कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमध्ये चितवन सर्वाेत्कृष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले वार्षिक औसत अंक ८८.९८ का साथ जिल्ला प्रहरी कार्यालयतर्फ प्रथम स्थान हासिल गरेको हो ।

उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा प्रहरी परिचालन र दैनिक कार्य सम्पादनलाई प्रभावकारी, व्यवस्थित एवं परिणाममुखि बनाउने उद्देश्यले प्रदेश प्रहरी कार्यालय र सम्पादित कार्यलाई वस्तुनिष्ठ बनाउन मासिक मूल्यांकन मापदण्ड–२०७८ तयार गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को लागि पनि वार्षिक कार्यसम्पादन सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>