देश/प्रदेश

तेल बोक्ने ट्यांकरमा समेत गाँजा तस्करी,३९ वर्षीय यादव पक्राउ

Banner

वीरगञ्ज,भदौं ४-

तेल बोक्ने ट्यांकरको टंकीमा लुकाएर गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित चालकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ बाट तेल ट्यांकरमा लुकाएर तस्करी गर्न लागिएको गाँजा बरामद गरेको हो।

गाँजाको तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेट डब्लु बी ११ इ ९०३३ नम्बरको तेल ट्यांकरलाई रोकी जाँच गर्दा ट्यांकरको तेल हाल्ने तेस्रो ट्यांकीभित्र ४६ पोकामा लुकाइछिपाइ राखेको अवस्थामा १ सय ७२ किलो गाँजा बरामद गरेको छ। गाँजासहित ट्यांकरका चालक भारत उत्तर प्रदेशको गाजीपुर जिल्लाका ३९ वर्षीय लालबिहारी यादवलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

गाँजासहित पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>